कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

मकवानपुर, जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ।

कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ।

कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए। नेपाल विद्युत प्राधिकरण काठमाडौँले विभिन्न शहरमा विद्युत्को आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।