धनकुटाको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा सरसफाइको लागि गरियो यस्तो ब्यवस्था

कार्तिक २६,धनकुटा खबर । धनकुटा नगरपालिका १ ओक्मालुङ स्थितको धार्मिक पर्यटकीय स्थल साततले लुङ्गधाङ्ग गुफा र लुङ्गधाङ्ग झरना परिसरमा आज डस्विन राखिएको छ ।

त्यस स्थानमा फोहरमैला व्यबस्थापनका लागि धनकुटा नगरपालिकाको बिशेष सहयोगमा ९ वटा फोहर फाल्ने डस्विन राखिएको हो । सोही अवसरमा पौडी पोखरिलाई व्यबस्थित गर्न फिल्टर जडान र गेटबल राखिएको साततले लुङ्गधाङ्ग गुफा तथा झरना व्यवस्थापन समितिका सल्लाहकार तथा नेकपा नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङ्ग ले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिबालय सदस्य नहकुल राई,१ न वडा कमिटी अध्यक्ष कमल थिङ्ग, राष्ट्रिय युवा संघ सचिवालय सदस्य कला राई, सदस्य उत्सब छाराहाङ्ग, गुफा तथा झरना व्यबस्थापन समिति अध्यक्ष शुक्र वहादुर राई, ओक्मालुङ्ग युवा क्लबको सदस्यहरू र खानेपानी समितिको प्राबवधिक सुरज खतिवडा लगाएत कर्मचारीहरुको उपस्थिती थियो ।

उनिहरुले गुफा, झरना, पौडी पोखरी र झोलुङ्गे पुल आसपासमा सरसफाई तथा झाडी फडानी समेत गरेका छन् । फोहर फाल्ने डस्विन झरना र पोखरी मा ३ वटा, झोलुङ्गे पुलमा २ वटा, गुफा प्रवेश स्थानमा २ वटा, सिढींमा एउटा मन्दिरमा एउटा र गुफा प्रवेशद्धारमा एउटा राखिएको छ ।

यसले फोहरमैला व्यबस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । यहाँ लगानि गर्न सके सम्भावना छ भनेर ट्रि हाउस निर्माण, खानेपानी व्यवस्थापन,होम स्टे सञ्चालन,त्यहाँ रहेका वोके टिम्मुरलाई गोडमेल गरि व्राण्डिङ गर्ने,झोलुङ्गे पुल र अफिस निर्माण गर्ने लक्ष रहेकोले देशविदेशमा रहेका विकास प्रेमी सम्पूर्णलाई सहयोगको अपील गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।