सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

जुम्ला । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् ।

चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेटमात्र नभएर फोनबाट सूचना लिन खोज्दासमेत फोन रिसिभ नगरी सूचना पाउने अधिकारबाट वञ्चित गराएको भन्दै पत्रकारहरुले सोमबार सूचना माग्न जिल्ला हुलाक कार्यालय जुम्लाबाट चिठ्ठी पठाएका हुन् ।

गत असोज २६ गते मुनिराज क्षेत्रीलाई प्रतिष्ठानको तेस्रो डिन नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रतिष्ठान कर्मचारी समाजले गरेको तालाबन्दीले उब्जेको समस्याका विषयमा दुई सातादेखि भौतिक भेटका साथै फोन सम्पर्कबाट सूचना लिन खोज्दा उपकुलपति प्रा डा वाग्लेले भेट र फोन रिसिभ दुवै नगरेकाले सूचना पाऊँ भनेर हुलाकबाट चिठ्ठी पठाइएको नेपाल पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।

“प्रतिष्ठानको समस्याका विषयमा उपकुलपति वाग्लेसँग सूचना लिन बारम्बार फोन गर्दा न फोन रिसिभ हुन्छ, न त कलब्याक नै”, उपाध्यक्ष शाहीले भने, “कार्यालय वा निवासमा भौतिक भेट नहोस् भनेर धेरै समय कहिले होटल तथा कहिले व्यक्तिको घरमा बस्नुभयो ।” पत्रकार मात्र नभएर एउटा सामान्य नागरिकले सूचना पाउने अधिकार हुँदा पनि त्यसबाट वञ्चित गरेपछि नेपालको संविधानले प्रदत्त गरेको मौलिक हक र सूचनाको हकसम्बन्धी ऐन, २०६४ प्रयोग गरेर पहिलोपटक हुलाकबाट चिठ्ठी पठाएर सूचना माग गरिएको उनले बताए ।

स्थानीय तथा राष्ट्रिय मिडियामा काम गर्ने करिब एक दर्जन क्रियाशील पत्रकारले सामूहिकरूपमा हस्ताक्षर गरी उपलकुलपतिलाई पठाएको चिठ्ठीमा छ प्रश्न गरेर सूचना माग गरिएको छ । चिठ्ठीमा ४० दिनदेखि प्रतिष्ठानको केन्द्रीय तथा शैक्षिक प्रशासनमा तालाबन्दीले भएको गतिरोध अन्त्यका लागि उपकुलपतिले किन यथाशीघ्र निकास नखोजेको ?, सूचनाका लागि पटक–पटक गरिएको फोन काट्ने र भेट नगरेर किन पत्रकारलाई सूचना मग्ने अधिकारबाट वञ्चित गरियो ? भन्ने प्रश्न रहेका छन् ।

असोज २६ गते नियुक्ति गरिएका डिन मुनिराज क्षेत्री नियुक्ति गर्दा कार्यकारी परिषद्को बैठक बसालेर आवश्यकता र औचित्यतासहितको निर्णय अनुमोदन (पारित) गरी विधिसङ्गत सो प्रक्रिया पूरा गरिएको छ वा छैन ?, भएमा कार्यकारी परिषद्को निर्णय उपलब्ध, प्रतिष्ठानको केन्द्रीय कार्यालय नभई सम्पर्क कार्यालयबाट गरिने नियुक्तिहरु कति विधिसँग मानिन्छन् ?, सरकारले प्रतिष्ठानको सम्पर्क कार्यलय खारेज गर्न भनिरहँदा अहिलेसम्म किन राखिएको छ र त्यसको वार्षिक खर्चको यथार्थ विवरण दिनसमेत अनुरोध गरेका छन् ।

त्यस्तै प्रतिष्ठानमा गैरसरकारी निकायले पनि सहयोग गरेको भन्ने सुन्न आएको र कुन निकायले के परियोजनामा सहयोग गरेका छन् र काम गर्ने कर्मचारीको नामावली उपलब्ध गराइदिन भनेर अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।