युमा साम्यो महासभाको सङ््गठन विस्तार जारी

धरान / राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको युमा साम्यो महासभाले विभिन्न ठाउँहरूमा सङ्गठन विस्तारको काम तीव्र बनाएको छ । आदिवासी लिम्बु समुदायको प्राचीन र मौलिक धर्म युमा धर्म भएको भन्दै महासभाले जनजागरण अभियानअन्तर्गत सङ्गठन विस्तार गरेको हो ।

 

युमा धर्मप्रति चासो राख्नेहरूको भेलाबाट मोरङको सुन्दर–हरैँचामा वडा समिति गठन गरिएको केन्द्रीय सचिव भीमसेन लिङ्दमले जानकारी दिए । केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वेनमको प्रमुख आतिथ्यतामा भाएको भेलाले बाजहाङ इस्वोको अध्यक्षतामा १७ सदस्यीय सुन्दर–हरैँचा नगरपालिका वडा नं. ७ समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा शंकर पङ्धाक, सचिवमा केसरसिंह साँवा, सहसचिवमा प्रकाश चोङवाङ र कोषाध्यक्षमा धनकुमारी आङबुहाङ रहेका छन् । सदस्यहरूमा दिलु लिम्बु, सविता लिम्बु, आरती लिम्बु, इन्दिरा लिम्बु, विश्वराज लिम्बु, राजेन्द्र लिम्बु, अर्जुन लिम्बु, सुर्जा लिम्बु, धुर्वहाङ लिम्बु, काजीमान लिम्बु, धनपति साँवा र पूर्णबहादुर लिम्बु रहेका छन् । त्यस्तै, सल्लाहकारहरूमा युवराज तेम्बे, जाजबहादुर चोङवाङ र दयानन्द सम्बाहाङ्फे रहेका छन् । भेलामा केन्द्रीय सदस्यहरू चित्र फागो वनेम, देवकुमार सुब्बा र डुक वनेम सहभागी थिए ।

त्यसैगरी, संखुवासभामा समेत जिल्ला समिति गठन गरिएको महासभाका महासचिव डा. रमेश इजमले जानकारी दिए । जिल्लाको पोखरी बजारमा सम्पन्न युमा धर्म र मुन्धुम दर्शन विषयक अन्तरक्रियापछि भेलाले ११ सदस्यीय जिल्ला महासभा गठन गरेको उनले बताए । जिल्ला समितिको संयोजकमा सुबेदार सुब्बा कृष्णबहादु वनेम, सहसंयोजकमा राजेन्द्र सिङ्था, सचिवमा लालकुमार माङदेन, सहसचिवमा धनकुमार साँवा र कोषाध्यक्षमा मनबहादुर एभेङ रहेका छन् । त्यस्तै, सदस्यहरूमा रविन्द्र कुमार नेयोङ, विन्द्र लिवाङ, चन्द्र लाल वनेम, आशबहादुर थक्लुङ, भविन्द्र कम्फे र इन्द्र नेयोङ रहेका छन् । भेलाले रामकुमार सिरेङ र धनकुमार वनेमलाई सल्लाहकारमा चयन गरेको छ । केन्द्रीय सदस्य लोकमान थलङको संयोजकत्वमा भएको कार्यक्रममा केन्द्रीय अभियन्ताहरू भीमसेन लिङ्दम, चित्र फागो वनेम, नेत्र सौदेन र आदाङ्बे सम्बाहाङफे उपस्थित थिए ।

त्यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं. २ आम्बेदेनमा गाउँ समिति गठन भएको अभियन्ता पदम चेन्जी माबोले बताए । ११ सदस्यीय समितिको अध्यक्षमा सन्देश थेबे, उपाध्यक्षमा भीम थेबे, सचिवमा टेकबहादुर थेबे, कोषाध्यक्षमा जीत बहादुर थेबे रहेका छन् । त्यस्तै, सदस्यहरूमा सन्तोष थेबे, सन्तमान थेबे, जीतबहादुर थेबे, कालीबहादुर थेबे, मित्रलाल थेबे, जसबहादुर थेबे र धनप्रसाद थेबे रहेका छन् । पाँच सदस्यीय सल्लाहकार समितिमा लक्ष्मी थेबे, युद्धप्रसाद थेबे, दुर्गा थेबे, राम लिम्बु र प्रतापसिं थेबे रहेका छन् ।

जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन लागिरहेको बाह्रौँ राष्ट्रिय जनगणनामा महासभाले धर्मको महलमा युमा धर्म, जातिमा याक्थुङ लिम्बु, भाषा र पुख्र्यौली भाषामा याक्थुङ लेख्ने निर्णय गरेको छ । उता, सामाजिक संस्था मानिएको किरात याक्थुङ चुम्लुङले भने किरात धर्म उल्लेख गर्ने निर्णयलाई निरन्तरता दिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।