धनकुटामा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु

धनकुटा खबर । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ ।

आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म हुने गर्दछ ।जन्म देखी मृ,त्यू सम्मका सबै संस्कार गरिने यो नै आठपहरियाहरुको सबैभन्दा ठूलो चार्ड हो ।

कार्तिक पूर्णिमा देखि औंसीसम्म १५ दिन मनाइने यो चाडको सुरु भएको हो । बर्ष भरी गुमाएका आफन्तको जुठोवाट उक्सने यो एक मात्र चाड हो । चाडको सुरुवातमा धनकुटावाट हिड्दै दुइ दिन लगाएर सुनसरीको बराहक्षेत्र पग्दछन् ।

स्थानिय कोकाहा खोलामा कपाल दारि खौरीएर नुवाएर बराह भगवानको दर्शन देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ । घर आएपछि दुखको कर्म फुकाउने कार्य हुन्छ । जहाँ सेतो लुगा फुकाइन्छ । अनि दुख अन्त्य गरि भोज खुवाउने र नाचगान गर्ने प्रचलन रहेको स्थानिय नारायण आठपहरीयाले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।