धनकुटा छिन्ताङ क्षेत्रका राईले मनाए पापानी, वाढाङमी पर्व !
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्सा छिन्ताङ क्षेत्रका किराँत छिलिङ, नाम्चियाङ र अन्य राई जातीहरुले मनाउने पापानी, वाढाङमी पर्व मंगलबार सम्पन्न भएको छ ।
मंसिर पूर्णीमाको पछिल्लो मंगलवारदेखी शूरु गरि वुढाहाङ देवताका पूजाआराधना गर्दै एक हप्ता सम्म ढोल नाच्दै गाउँदै मनाईने यो पर्व राईहरुले आज विहानको सूर्योदय सँगै ढोल ढोलनाचको समापन गरिसकिएको छ भने मंगलबार राती मारुनी नाच,सरस्वती र पशुपंञ्छीको पूजा गर्दै यो पर्व समापन गरिन्छ । पापानीको समापन सँगै विसाईएको ढोल नाच अव त्यस क्षेत्रका राईहरुले फरि एक वर्ष पछि मात्र नाच्ने गर्दछन् ।
त्यस क्षेत्रका किराँत राई जातिहरुले मनाउने पापानी वढाङमी पर्व पछिल्लो समय लोप हुदै गइरहेको भन्दै यसको वचाउका लागि गाउपालिकाको तर्फबाट यस्ता प्रयास भईरहेको गाँउपालिका अध्यक्ष मनोज राईले वताउनुभयो ।
उहाँले पापानी वाढाङ्मी नाच संस्कार संस्कृती सँग सम्वन्धित अत्यन्त दुर्लभ नाच रहेकोले यसको सम्र्वद्धन प्रवद्र्धन गर्न सके संस्कृतीक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तैगरी वडा नं ७ का वडा अध्यक्ष बमबहादुर राइले पनि आफ्ना मौलिक चाड पर्व यूवा पुस्ता माज बचाइ राख्नकोलागि विभिन्न खेलकुद तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो ।
यसैवीच पापानी वाढाङमीको अवसरमा शहिदभुमी गाँउपालिकाको वडा नं ७ मा प्रथम सहिद झगेन्द्र नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रथम सहिद झगेन्द्र खेलकुद विकास समितिको आयोजनामा मंशिर २१ र २२ गते दुइ दिन सञ्चालन भएको प्रतियोगिताको जीत सहिदभुमि वडा नं १ ले हाँसिल गरेको छ । जीत सँगै १ नं वडाले नगद २० हजार रुपैया सहित मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै गरी खेलको उपविजेता पिवाइसि सहिदभुमि वडा नं ६ लाई पनि नगद १० हजार मेडल तथा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । उक्त भलिबल प्रतियोगिता संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा प्रदेश १ का सांसद निरन राइको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगिता समापन कार्यक्रममा सहिदभुमि गाँउपालिकाको अध्यक्ष मनोज राई ,वडा नं ७ का वडाअध्यक्ष बम बहादुर राई र अन्य वडाका वडाअध्यक्षहरु वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।


