शाली नदीमा माधवनारायण व्रत गर्न चाहनेले अनिवार्य नाम लेखाउनुपर्ने

काठमाडौँ, १० माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शाली नदीमा गरिने माधवनारायण व्रत गर्न चाहनेले आजदेखि नाम लेखाउनुपर्ने भएको छ । विगत वर्षमा पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन व्रत बस्न चाहनेले नाम लेखाएर सहभागी हुन सक्थे । यसपटक कोरोना भाइरसको महामारी जारी रहेकाले एक साता अघि नै नाम लेखाएर पिसिआर÷एण्टीजेन परीक्षण गर्न लागिएको हो ।

नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने श्री माधवनारायण व्रत तथा शाली नदी समितिले जनाएको छ । निमोनियाको लक्षण छ कि छैन भनी एक्सरे रिपोर्ट समेत साथमा हुनु अनिवार्य गरिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने उहाँको भनाइ छ । आजदेखि सोमबारसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने छ । विगत वर्षमा महिला, पुरुष गरी करिब ३०० जनाले एक महिनासम्म कठोर नियम पालना गरेर माधवनारायण व्रत गर्थे ।

शङ्खरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठ स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुहुँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताउनुहुन्छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला गर्न नगरपालिकाले समितिसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको उहाँले सुनाउनुभयो । वर्तालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने भएको छ ।

पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।

यसै हप्ता जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकसमेतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सतर्कतासाथ सांस्कृतिक परम्परा कायम गरिनुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

विगत वर्षमा एकै दिनमा पाँच लाखसम्म भक्तजन शाली नदी दर्शनमा आउने गरेका थिए । समितिले वर्तालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाएको छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् माघ १५ गतेदेखि शाली नदी मेला लाग्ने भएको छ ।

वर्तालुलाई पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिने परदेश यात्रा पनि यस वर्ष समितिले सुरक्षितरुपमा गराउने जनाएको छ । वर्तालुले ती स्थानमा खाली गोडा पैदल यात्रा गर्नुपर्ने व्रतविधि छ । परदेश यात्रामा कोरोना महमारीका कारण वर्तालुका परिवारलाई सहभागी नहुन पनि समितिले अनुरोध गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।