साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा

खोटाङ, २९ माघ ः ड्रोनबाट खिचिएको रावाबेँसी गाउँपालिका–४ डुमे्रधारापानीस्थित साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा ।

नेपालका सफल व्यवसायी नरेश लामाले आफ्नो व्यक्तिगत लगानीमा स्वर्गीय बुबा फर्समान लामाको स्मृतिमा उक्त गुम्बा निर्माण गर्नुभएको हो । तस्बिरः केदार मगर÷रासस

यो पनि पढ्नुहोस्…

जनसहभागितामा सडक कालोपत्र
बागलुङ, २९ माघ (रासस) ः
गलकोट नगरपालिकाको व्यापारिक केन्द्र हटिया बजारको भित्रि सडक कालोपत्रका लागि जनसहभागिता जुटाइएको छ । लोकतन्त्रचोकदेखि पुरानो बजार र गणतन्त्रचोकहुँदै रजहरासम्मको झण्डै एक किमि सडक कालोपत्र हुन लागेको हो ।

सो योजनामा नगरपालिका र स्थानीयवासीको लागत साझेदारी रहेको वडा नं ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । “नगरको रु ७० लाख र स्थानीयवासीको रु ३० लाख बजेट छ”, उहाँले भन्नुभयो, “बोलपत्र भइसकेको छ, अर्को हप्तादेखि काम शुरुआत हुन्छ ।”

नगरभित्रका सडक स्तरोन्नति र कालोपत्रका लागि नगरपालिकाले वर्षेनि बजेटमा प्राथमिकता दिँदै आएको छ । नगरपालिकाको केन्द्रसँगै जोडिएको हटिया बजारको भित्री सडक अहिलेसम्म कालोपत्र हुन सकेको थिएन ।

मध्यपहाडी लोकमार्ग बजारको तल्लो भागबाट अगाडि बढेपछि पछिल्लो समय बजार विस्तार त्यतै केन्द्रित बनेको छ । भित्री बजार क्षेत्रको सडक सुधारसँगै नाली व्यवस्थापनको काम पनि सँगसँगै अगाडि बढेको उहाँले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत गत वर्षदेखि थालिएको नाली निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जनाइएको छ । रु ६० लाखको बजेटमा नाली निर्माणको काम शुरुआत भएको थियो ।

सडक र नाली बनेपछि बजार क्षेत्र व्यवस्थित बन्ने गलकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताउनुभयो । “कालोपत्र भएपछि यातायात पनि सहज हुन्छ, पुरानो बजार पनि राम्रो बन्ने भयो”, उहाँले भन्नुभयो ।

नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक स्तरोन्नति नगरको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभयो । “नगरभित्रका सबै मुख्य सडकमा बाह्रैमास यातायात चल्ने अवस्था बनेको छ”, उहाँले भन्नुभयो ।

अन्य वडामा पनि सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । वडा नं १० पाण्डवखानीको गैराभाटीदेखि रमुवा जोड्ने सडकमा रु ५० लाख बजेटमार्फत काम भइरहेको जनाइएको छ । वडा नं ८ को बराहबोटदेखि वडा कार्यालयसम्मको सडक ढलान हुँदैछ । यस्तै वडा नंं. ११ को चौरदेखि सानोरिघासम्मको सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ ।

गण्डकी प्रदेश सरकारको रु ५० लाख अनुदानबाट रगेनी–तोरीखोला–ठानाहुँदै नगरपालिकाको केन्द्र मजुवाफाँट जोड्ने सडक स्तरोन्नति गर्न ठेक्कामार्पmत काम अगाडि बढाइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।