दोश्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता हुने
धनकुटा । धनकुटाको चौविसे गाँउपालिकाको केन्द्र राजारानीमा भोलीबाट दोश्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।
चौविस गाँउ पालिकाका आठवटा वडाहरुको सहभागिता रहने प्रतियोगिता चौविस गाँउपालिका खेलकुद विकास समितिको आयोजना र रारा फुटवल क्लवको व्यवस्थापनमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम हुने वार्डलाई नगद ५५ हजार रुपैया, द्धितिय हुने वार्डलाई ३५ हजार रुपैया, तृतीय स्थान हासिल गर्नेलाई नगद २० हजार रुपैया पुरस्कार प्रदान गरिने व्यवस्थापन गर्ने रारा फुटवल क्लवका सचिव युवराज कटुवालले वताउनुभयो ।
यसैगरि प्रतियोगिताका लागि तयारी खर्च स्वरुप प्रत्येक वडालाई नगद २१ हजार रुपैया र प्रतियोगितामा सहभागी भएको प्रत्येक टीमलाई सात हजार रुपैया प्रदान गरिने समेत कटुवालले जानकारी दिनुभयो ।प्रतियोगिता भरि विधागत रुपमा उत्कृष्ठ हुने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
चौविसे गाँउपालिकामा खेलकुदको विकास गरि खेलकुदको माध्यमवाट पनि गाँउलाई चिनाउन सकियोस , व्यवसायिक खेलाडी उत्पादन हुन सकोस भन्ने उद्येश्यले प्रत्येक वर्ष चौविसे फुटवल कपको शुरुवात गरिएको गाँउपालिकाका उपाध्यक्ष एवं चौविस गापा खेलकुद विकास समितिका संयोजक यज्ञकुमारी रुचालले वताउनुभयो ।
प्रतियोगिताको उदघाटन खेल डिफेन्डिङ्ग च्याम्पियन चौविसे गापा ७ मौनवुधुक र वडा नं ३ कुरुलेतेनुपा वीच हुनेछ भने दोश्रो खेल वडा नं १ छ नं वुधवारे र वडा नं २ मुढेवास वीच हुने भएको छ । पहिलो चौविस फुटवल कपको उपाधी भने वडा नं ७ मौनवुधुकले वडा नं ६ राजारानीलाई पराजीत गरि उचालेको थियो । प्रतियोगिता नकआउट चरणमा खेलाईनेछ ।


