एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

 

यो खेल गत संस्करणको फाइनलको पुनरावृत्ति हो, जसले गर्दा यस उद्घाटन मुकाबलालाई निकै रोचक रूपमा हेरिएको छ। खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४:३० बजे सुरु हुनेछ।

 

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले प्ले अफ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। लिग चरणमा ७ खेलमा ४ जित र ३ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेर प्ले अफमा प्रवेश गरेको लुम्बिनीले इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेट र क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

 

फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि चुमेको थियो। उक्त फाइनलमा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए भने रुवेन ट्रम्पलम्यान 'प्लेयर अफ दि फाइनल' र 'प्लेयर अफ दि सिरिज' घोषित भएका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानी र पूर्व भारतीय क्रिकेटर टिनु योहानाको मुख्य प्रशिक्षणमा रहेको लुम्बिनी लायन्स यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपाधि रक्षा गर्ने दाउमा छ।

 

उता, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेलमा जित निकालेको थियो र सुरुवाती चरणमै प्ले अफको यात्रा पक्का गर्ने पहिलो टोली बनेको थियो। यसपटकको तेस्रो संस्करणमा दीपेन्द्रसिंह ऐरीको कप्तानी र पाकिस्तानी पूर्वक्रिकेटर तथा कप्तान मिस्बाह-उल-हकको प्रशिक्षणमा मैदानमा उत्रने सुदूरपश्चिम गत संस्करणका कमजोरीहरू सुधार गर्दै ट्रफी उचाल्ने लक्ष्यमा रहेको छ।

 

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖