सप्तकोशीमा मोटरबोट दुर्घटना अपडेट :५ बर्षिया बालिका सहित ३ जनाको मृत्यु

सुनसरी । सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटना आइतबार दिउँसो करिब २ बजे भएको हो।

भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट त्रिवेणी नजिकै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा पाँच वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुषको ज्यान गएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र शव चतरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

मोटरबोटका चालक सुमन मगर भने पौडिएर बाहिर निस्कन सफल भएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार ११ जनाको मात्र टिकट काटिएको भए पनि मोटरबोटमा १६ जना सवार थिए। क्षमताभन्दा बढी यात्रु राखिएको र नदीको तीव्र बहावका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो। अन्य यात्रुको उद्धार गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖