धनकुटामा दसैंको टीका लगाएर गन्तव्य फर्किन थाले यात्रु(फोटो फिचर)
धनकुटा । धनकुटामा दसैं मनाउन घर आएका तथा दसैंको टीका लगाउन विभिन्न ठाउँमा पुगेका मानिसहरू आफ्नो गन्तव्यतर्फ फर्किन थालेका छन्।
दसैंको टीका र आफन्तसँगको भेटघाटपछि रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका मानिसहरू फर्किन थालेका हुन्।
दसैंका लागि घर आएका मानिसहरू फर्किन थालेसँगै सडक तथा सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढ्न थालेको छ।








