पारिवारिक विवादले लियो दम्पतीको ज्यान, चार वर्षीय छोरा घाइते

सञ्जय मिश्रा/रौतहट, ८ कात्तिक । धनुषामा पारिवारिक विवादका कारण एक दम्पतीको ज्यान गएको छ। घटनामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ भने हत्याका0 आरोपित श्रीमान् मृत अवस्थामा फेला परेका छन्। साथै, घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

 

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिना यादवको शनिबार राति हत्या भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले आफ्नै श्रीमती रिनामाथि धारिलो हतियार प्रहार गरेका थिए। उमेश मृतक रिनाका श्रीमान् हुन्।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उमेश शनिबार राति करिब ९ बजे ससुराली पुगेका थिए। त्यसको केही घण्टਾपछि आइतबार बिहान १:५० बजेतिर रिनाको घाँटीमा धारिलो हतियार प्रहार भएको सूचना प्रहरीले प्राप्त गरेको थियो।

 

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट इन्स्पेक्टर राजेश कुमार शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा रिनाको घाँटीमा गम्भीर चोट लागेको र उनको मृत्यु भइसकेको पाइएको थियो।

 

चार वर्षीय छोरा घाइते, अवस्था सामान्य
घटनाका बेला आमाबुवासँगै सुतेका चार वर्षीय छोरा सम्राट यादवसमेत घाइते भएका छन्। बालकको दाहिने तिघ्रामा धारिलो हतियारले काटेको चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। प्रहरीका अनुसार बालकको अवस्था अहिले सामान्य छ।

 

खोजीका क्रममा श्रीमान् पनि मृत फेला
श्रीमतीको हत्यापछि फरार भएका उमेशको खोजी गर्ने क्रममा प्रहरीले दुःखद तथ्य पत्ता लगायो। घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम, मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा उमेशको शव फेला परेको हो।

घटनास्थलबाट रगतले लतपतिएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

 

डेढ वर्षदेखि सम्बन्धमा तनाव
 

प्रहरीका अनुसार उमेश करिब डेढ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि दम्पतीबीच पटक–पटक विवाद तथा झैझगडा हुने गरेको थियो। यद्यपि, यस घटनाको तत्कालीन कारण र परिस्थितिबारे हालसम्म यकिन भइसकेको छैन।

श्रीमतीको हत्या र त्यसपछि श्रीमान् मृत फेला परेको यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण पत्та लगाउन प्रहरीले विभिन्न पक्षलाई समेटेर अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖