दोस्रो चौविसे रनिङ्ग कप फूटबल प्रतियोगिता आजबाट सुरु
धनकुटा । धनकुटाको चौविसेमा जारी दोस्रो चौविसे रनिङ्ग कप फूटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा मौनाबुधुक र मुढेवास बिजयी भएका छन् ।

आज भएको खेलमा चौविसे ७ मौनाबुधुकले चौविसे ३ कुरुले तेनुपा लाई ३.१ गोल अन्र्तरले पराजित गर्दै मौनाबुधुक विजय भएको हो त्यस्तै अर्को खेलमा चौविसे २ मुढेवासले ६ नं. बुधाबारे लाई ३(० ले परातिज गर्दै मुढेवास बिजयी भएको हो ।
प्रतियोगिताको उत्घाटन प्रदेश सांसद विना राईले गर्नु भएको थियो भने कार्यक्रको बिशेष अतिथी चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले गर्नु भएको थियो ।
चौविसे गाउँपालिका उपाध्यक्ष तथा खेलकुद विकास समितिका अध्यक्ष यज्ञ कुमारी रुचालको अध्यक्षतामा भएको कार्यक्रमा भएको थियो भोलिको खेल राजारानी र कुरुले तेनुपा ४ तथा बोधे र बसन्तटार बिच हुने जनाईएको छ ।


