धनकुटाको पाख्रीबासमा छायॉंकन गरिएको “चट्ट कपाल कोरेर” सार्बजनिक ! कमेन्ट्स गरेर पुरस्कार जित्ने अवसर

शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको “चट्ट कपाल कोरेर” बोलको गीत सार्वजनिक गरिएको छ ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) चट्ट कपाल कोरेर – NTC (Crbt)-0831646 । Ncell (Prbt)-4421 । Smart Tel-10120995
२) दुबै मिली – NTC (Crbt)-0831647 । Ncell (Prbt)-4425 । Smart Tel-10120996
३) सुख दुःख जे भएनी – NTC (Crbt)-0831648 । Ncell (Prbt)-4429 । Smart Tel-10120997

यस्तै गीतमा कम्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रतिक्रिया दिने पाँच (५) जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । जसका लागिः
यस गीतमा दुई हप्ताको समयावधिमा आएका वा गरिएका कमेन्ट (सल्लाह, सुझाब, प्रतिक्रिया) मध्ये जस्को कमेन्टमा वढि लाईक आउछ उस्लाई रु १-१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । यदि समान लाईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा परेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । विजेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं (नागरिकताको फोटोकपी) पठाउनु पर्ने छ ।

चर्चित गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वालकलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन भने सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन ।

आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पादक तथा निर्देशक निरौलाले यसै गीत मार्फत आफूले आम दर्शकहरुको माया र साथ पाऊने अपेक्षा गरे । हेर्नुहोस् भि़डियो कस्तो बनेको छ साथै कम्मेन्ट गरी पुरस्कृत हुनुहोस्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।