धनकुटामा समेत मनाईयो शिवरात्री पर्व
धनकुटा । महाशिवरात्रि पर्वको अबसरमा धनकुटाका शिव मन्दिर र शिवालयहरुमा समेत दर्शनार्थीहरुले आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्री पर्व मनाएका छन् ।

धनकुटाको मुलघाट, नर्वदेश्वर,लेगुवाको शिव मन्दिर लगाएतका जिल्लाका शिव मन्दिर पुजा पाठ लगायतका काम गररे पर्व मनाएका हुन् ।शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।


