खेलाडीलाई सम्मान

काठमाडौँ, २९ फागुन । गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।

‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए ।

संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताउनुुभयो ।

तरुण दल १३ एकाइका अध्यक्ष सुवोधप्रसाद प्रधानले समकालीन राजनीतिका अदर्श पुरुष सिंहले मुलुकमा प्रजातन्त्र स्थापना तथा जनताको सामाजिक न्याय, आर्थिक रुपान्तरण गर्न गरेका योगदानलाई चिरस्थायी बनाउन उहाँका नामबाट गरिने खेलकूद, सामाजिक, राजनीतिकलगायत गतिविधिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

काठमाडौँ महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धर, कार्यक्रम आयोजक संस्था ‘एचडी थर्टीन ग्रुप’ का अध्यक्ष निर्मलप्रसाद श्रेष्ठ, तरुण दल क्षेत्र नं ८ का अध्यक्ष अनिरुद्रप्रसाद प्रधानलगायतले मुलुकको विकासका लागि त्याग र निष्ठाको राजनीतिको आवश्यकता रहेको औँल्याउनुुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।