पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘सि’ लाई

धनकुटा । लाङघाली यूवा क्लब पाख्रिबास ९ मातिम्बु धनकुटाको आयोजनामा सञ्चालित पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक “सि´´ ले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा अयोजक “ए´´ लाई ० -४ गोल अन्तरले पराजित गर्दै आयोजक सि ले उपाधि उचालेको हो । जित सँगै उसले नगद ३० हजार सहित मेडल तथा प्रमाण पत्र पुरस्कार पाएको छ । त्यस्तैगरी दोस्रो भएको आयोजक “ए´´ ले पनि नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट किपर सहिदभुमि माम्फिङ फुटबल क्लबका निसान राई, बेस्ट डिफेन्डर आयोजक “सि´´ का हेम कट्टुवाल, बेस्ट प्लेयर अयोजक “सि´´ कै योगेश लिम्बु र हाइस्कोरर आयोजक “ए´´का सुमन लिम्बु घोषित भएकाछन् । उनीहरुलाई पनि मेडल तथा प्रमाण पत्र प्रदान गरिएको आयोजक लाङघाली यूवा क्लबका सञ्चालक कुल बहादुर थापाले बताउनु भयो ।

क्लबका अध्यक्ष मदन कुमार आलेको अध्यक्षतामा भएको खेल समापन कार्यक्रमको प्रमुख अतिथि पाख्रिबास नगरपालिकाका मेयर वृष बहादुर राई रहनु भएको थियो । विशेष अतिथि पाख्रिबास वडा नं ९ का वडा अध्यक्ष चन्द्रलाल तामाङ र अतिथिहरुमा वडा सदस्यहरु वेद बहादुर भुजेल, राम बहादुर लुङगेली र सम्झना आले रहेका थिए ।

प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिहरुले पुरस्कारहरु प्रदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।