धनकुटामा ८ महिनामा ५ सय ४५ वटा उद्योग थप
धनकुटा,६ चैत । धनकुटामा आर्थिक बर्ष २०७७÷७८ को ८ महिनामा ५ सय ४५ वटा उद्योग दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमा उत्पाद मुलक १३ वटा कृषि तथा वनजन्य ४ सय ४५ वटा पर्यटन सम्बन्धी ४० सेवामुलक उद्योग ४३ वटा र सुचना प्रविधी उद्योग ४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले जनाएको छ ।
दर्ता भएका उद्योगमा लघु र साना उद्योग रहेका छन् जसमध्ये २ सय ३७ वटा महिलाको नाममा दर्ता भएका छन् भने ३ सय ८ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यलयले जनाएको छ ।


