जोडियो नि:शुल्क इन्टरनेट शे-फोक्सुण्डोमा

डोल्पा । शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने शे-फोक्सुण्डो ताल क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको छ। निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्‍कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसारप्रसार होस् भन्‍ने हेतुले तालनजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्ड लिङ्‍कले जानकारी दिएको छ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए। निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्‍न आउने पर्यटकका लागि सञ्‍चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्‍जन लिनसक्ने क्षेत्रीको भनाइ छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।