नेपाली सेनाद्वारा कैलालीमा फेला परेको बम निष्क्रिय

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए । बिहान १० बजे बम निष्क्रिय भएपछि उक्त सडकमा आवागमन नियमित भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।