आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात ,छैन स्वेदशी उत्पादनः

काठमाडौं, भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो।

आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ (बीउ) आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।

सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ। कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा आलु ३ हजार २ सय २५ टन, लसुन ७३ हजार ८ सय ५९ टन र प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुन्छ। मुलुकलाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाएर वैदेशिक व्यापारघाटा न्यून गर्ने नीति सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन। यसबाट नेपालीले आयातित वस्तुको भरमा भान्छा चलाउँदै आएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖