दुई जिल्लामा एकै दिन १० जना संक्रमित थपिँदा त्रास, सीमा नाका बेपरवाह

काठमाडौं ,भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएका प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगञ्जमा २४ घण्टाभित्र ५० जनामा स्वाब परीक्षण गर्दा १० जना संक्रमित भेटिएको उल्लेख छ । पर्साका एक संक्रमित दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

दुई जिल्लामा एकै दिन १० जना संक्रमित थपिँदा त्रास बढेको छ । संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सर्तकता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीले सामान्य सोधपुछबाहेक स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् ।

नेपाल प्रवेशका मूल नाकाहरुमा सतर्कताबिना मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरुको विश्लेषण गरेका छन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।