अमित रौनियार बलिउडमा

काठमाडौं, विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

दश वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका युवा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थालेका थिए ।

लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा देखिन थालेका छन् । कलाकार अमितले विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा आफूले इन्टरनेटमा प्रसारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाको ‘रामाचारी टु पेन जिरो’ (रामायण कथामा आधारित), हिन्दी चलचित्र मितेज, अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र, हिन्दी भाषाको वेभ सिरिजलगायतमा अभिनय गरिसकेको जानकारी दिए ।

उनले भने, “कला र कलाकारिताको क्षेत्रमा मुम्बईजस्तो ठाउँमा सङ्घर्ष गर्नु सामान्य होइन, एकसेएक कलाकार छन् आफूलाई टिकाइराख्न अझ बढी मेहनत र परिश्रम गर्नुपर्छ ।”

यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स, सन् २०१७ मा मिस्टर उत्तराखण्डमा दोस्रो उपाधि हासिल गरेका थिए।

भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फेसन शो बेस्ट मेल मोडलको उपाधिसमेत ग्रहण गर्नुभएका अमितलाई विराटनगर आउँदा उनका शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । उनले भारतमा अभिनयको क्षेत्रमा काम गर्दा भारतीय अभिनेताहरुबाट राम्रो सहयोग पाएको प्रतिक्रिया दिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।