विद्यार्थी शुल्क वृद्धिको विरोधमा

कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।

शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्”, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भन्नुभयो, “शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौँ ।”

विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारी साधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।

कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको भनाइ छ । विरोध कार्यक्रमका बीचमा अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।