पोर्चुगलबाट ब्रेन ट्युमरका बिरामीलाई सहयोग

पोर्चुगल, नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाका १७ वर्षीय ब्रेन ट्युमरका बिरामी दीपक परियारको उपचारका लागि पोर्चुगलका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भई छोराको उपचार गर्न कठिनाइ भएकाले पितामाता रामबाबु दमाईं र अमृता परियारले छोरालाई बचाउनका लागि सार्वजनिक अनुरोध गरेपछि बेलकोट –१३ का वडा सदस्य विकास पाण्डेका अनुरोधमा पोर्चुगलमा कर्मथलो बनाउँदै आएका राम सिलवालका सक्रियतामा रु ५५ हजार नेपाली समुदायको सहयोगमा सङ्कलन गरिएको हो ।

वडा समिति सदस्य पाण्डेले सङ्कलित रकम बिरामीका बुबा रामबाबुका घरमा पुगी हस्तान्तरण गर्दै पीडित परियारको स्वास्थलाभको कामना गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।