विद्युत् कटौती भएकामा ध्यानाकर्षण

सीमकोट, हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।

विगतका वर्षभन्दा यो वर्ष अझ बढी विद्युत् आपूर्तिमा समस्या भएपछि मानवअधिकार रक्षक सञ्जालको टोलीद्वारा यही चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यानार्कषण गराएको टोलीका संयोजक राजन रावतले बताउनुभयो । मानवअधिकारका क्षेत्रमा आवाज उठाउनका लागि आज बिहान मानवअधिकार रक्षकको जिल्लास्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापनपत्र पेश गराइएको थियो । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टासम्म विद्युत्भार कटौती गरिरहेको भन्दै सो समितिद्वारा आपत्ति जनाइएको थियो ।

विद्युत्भार कटौती हुँदा उद्योगी, व्यवसायीलाई नोक्सानी हुनुका साथै सीमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कार्यालयबाट सर्वपक्षीय बैठक बसालेर समस्याको चाँडोभन्दा चाँडो समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।
समितिद्वारा बुझाएको ज्ञापनपत्रको सम्मान गर्दै विद्युत् समस्या समाधानको वैकल्पिक विकल्प रोज्नका लागि हिल्दुम साना जलविद्युत् आयोजनाका प्रमुखसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।