स,ङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

लहान, छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।