महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन

दमौली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिनुभयो ।

ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।