पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र

कर्णाली,रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ। सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।

बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो । ठेकेदार कम्पनी पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अलपत्र छाडेको स्थानीयवासीको गुनासो छ । “यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपथ्र्यो”, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भन्नुभयो, “सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अलपत्र पारियो ।” आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उहाँले बताउनुभयो ।

हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुङ्गे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाउनुभयो । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बाध्यता छ ।

पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो। आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ । कम्पनीले निजी कन्सल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डिजाइन पेश गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

ठेकेदारले पेश गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उहाँको भनाइ छ । पिलरको सम्भावित जगमुनी दुई स्थानमा कडा खाले चट्टान भेटिएपछि पुनःडिजाइन बनाउनुपरेको जनाउँदै इञ्जिनीयर शर्माले भन्नुभयो, “विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको प्रक्रिया शुरु हुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।