नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने

काठमाडौं, कोरोना संक्रमण दर केही वृद्घि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दुरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ ।

‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘असोज÷कात्तिकतिर संक्रमण उच्च देखिएको थियो, अहिले संक्रमणविरुद्घको एन्टिबडी घट्दै गएको देखिएको छ । भारतमा संक्रमण उत्कर्षमा देखिएको ३–४ सातापछि यहाँ पनि संक्रमण बढ्यो।’

उनका अनुसार सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिएकामध्ये २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ बेलायतमा देखिएको भाइरसको ७३६ पोजिटिभ नमुना देखिएको छ ।

यस्तै, दक्षिण अफ्रिकी भाइरसको ३४ नमुना र एउटा नमुना ब्राजिलको पाइएको छ । भाइरसको चिन्ताजनक प्रकार र दोहोरो म्युटेसन भएको भेरिएन्ट पनि भारतमा भेटिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।