दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार

जाजरकोट, जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् ।

जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माणसँगै बारेकोटका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालयका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयवासीमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

यसअघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नुपरेको थियो । एक कल फोन गर्न घण्टौँ टाढा जानुपर्ने बाध्यता हटेको बारेकोट–५ पाखाका जनकबहादुर शाहीले बताउनुभयो । टुजी सञ्चालनमा आएको बारेकोटमा छिट्टै फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवासमेत सञ्चालनमा आइसकेको छ ।

दुई वर्षअघि सम्पन्न हुनुपर्ने यी टावर भारतीय कम्पनीले ठेक्का लिएर बीचमै छाड्दा ढिला भएको थियो । निरन्तर दबाबपछि १० जिल्लाको काम एकैपटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले टेलिकमलाई आग्रह गरेअनुसार टेलिकमले अलग बोलपत्र आह्वान गरेर काम गरेको थियो ।

अलग गरेको छ महिनाभित्र जाजरकोटका तीन पालिकामा टावर निर्माण भएका छन् । नलगाड नगरपालिका–८ गराइलामा टावर निर्माण जारी छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।