ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

काठमाडौँ,ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तैगरी, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कूल ६ दिन बिक्री खुला रहेको थियो । आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖