अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द

बैतडी,अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ ग्राहक मारमा परेका हुन् । फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताउनुभयो ।

काटिएको अप्टिकल फाइबर मर्मत जारी रहेको टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक ठाउँको मर्मत गरिसकेका छौँ, अर्को ठाउँको अप्टिकल फाइबर मर्मतको काम जारी छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖