प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य ः नेता पौडेल

मोरङ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँगको कुुराकानीमा उहाँले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुुलुुकलाई जोगाउन सबै दललाई आग्रह गर्नुभयो । उहाँले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको आँैल्याउनुभयो ।

नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।