‘गरुड पुराणको प्रेतकल्प ४९ अध्यायको’

काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मावलम्बीले बाबु, आमाको काजकिरिया गरेका बेला पाठ एवं कथा वाचन गराउने गरुड पुराणअन्तर्गतको प्रेतकल्पका विषयमा जानकारी गराउने उद्देश्यले विचार गोष्ठी आयोजना गरिएको छ ।

मृत्यु संस्कारपछि जीवात्माको उत्तम गति होस् भन्ने उद्देश्यले गरुड पुराणअन्तर्गतको प्रेतकल्प पाठसहित त्यसको अर्थ अर्थात् कथा मृतकको शोकमा जुठो बारिरहेका आफन्तलाई सुनाउने गरिन्छ । वाल्मीकि विद्यापीठ वेदान्त विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा हाल धेरैले पाठ एवं कथा वाचन गराउने १६ अध्यायको प्रेतकल्पपछि प्रचलनमा आएको जानकारी दिइएको छ ।

प्राचीनकालदेखि प्रचलनमा रहेको गरुड पुराणको प्रेतकल्प ४९ अध्यायको रहेको उपप्राध्यापक चेतमणि न्यौपानेले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ । “भारतको राजस्थानको झुञ्झुणु नामको नगरका नौनिधिराम मिश्रले तयार पार्नुभएको १६ अध्यायको प्रेतकल्पमा ४९ अध्यायको प्रेतकल्पमा नभएका २६ वटा विषय उल्लेख गरिएको छ, १६ अध्यायको सारोद्वार प्रेतकल्प गरुड पुराणको अंश होइन, यो मिश्रको स्वतन्त्र निबन्ध हो, ऋषि वाक्य होइन, यो करीब २०० वर्षअघिदेखि प्रचलनमा आएको हो”, उहाँले भन्नुभयो ।

कार्यपत्रमाथि सहप्राध्यापक श्रीराम सापकोटा, सहप्राध्यापक प्रमोदवद्र्धन कौडिन्यायनलगायतले टिप्पणी गर्नुहुँदै ४९ अध्याय भएको प्रेतकल्पलाई नै व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । बजारमा ३५ र ४५ अध्यायका प्रेतकल्प पनि पाइन्छन् । तीसमेत गरुडपुराणको वास्तविक अंश नभएको कार्यपत्रमा उल्लेख छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।