महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको नि,धनप्रति दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका पूर्व जिल्ला सभापति कोइरालाको निधनले मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएकोे छ ।

विद्यार्थी राजनीतिबाट काठमाडौँ महानगरको उपप्रमुख, सांसद हँुदै मन्त्री र पार्टीको केन्द्रीय सदस्य हुनुभएका जोशीलाई एक नैतिकवान नेताका रुपमा भावी पुस्ताले स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी पञ्चायतको कठिन युगमा विद्यार्थी राजनीतिबाट विराटनगरको प्रमुख, मोरङको पार्टी सभापति र सांसद बन्नुभएका कोइराला एक इमान्दार र क्रान्तिकारी नेता रहनुभएको महामन्त्री कोइरालाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

महामन्त्री कोइरालाले दुवै नेताप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता जोशीको यही चैत १३ गते काठमाडौंमा र नेता कोइरालाको चैत ४ गते विराटनगरमा निधन भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।