खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकालाई
धनकुटा । धनकुटाको छथरजोरपाटी गाँउपालिका वडा नं २ सल्लेमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ ।

सल्ले युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि)को अवसरमा चैत १३ गतेदेखी भएको प्रतियोगिता अन्र्तगत आज भएको फाइनलमा माहालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिका भिडेका थिए । यी दुई नगरपालिका वीचको फाईनलमा २५–१५, २६–२५ र २५ –१५ अंकले धनकुटा नगरपालिकाले जितेको हो ।
जित सँगै धनकुटा नगरपालिकाले नगद २० हजार सहित मेडल तथा प्रमाण पत्र पुरस्कार पाएको छ । उपबिजेतामा चित्त वुझाएको माहालक्ष्मी नगरपालिकाले नगद १० हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता थियो । खेल समापन कार्यक्रम छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेर वहादुर लिम्वु प्रमुख अतिथि रहनुभएको थियो भने सल्ले यूवाक्लबका अध्यक्ष लाल बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका खेलकुद विकास समितिका संयोजक चन्द्र सुव्वा,नेकपा एमाले छथरका ईन्द्र सारु मगर,नेकपा माओवादीका ज्ञानेन्द्र कार्की,वडा सदस्य वावुराम कार्की,जानुका कार्की लगायतको उपस्थिती थियो ।
प्रतियोगितका विजेता नगरहरुलाई कार्यक्रमका प्रमुख तथा विशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।


