सभापति देउवाद्वारा भण्डारीको नि,धनप्रति दुःख व्यक्त

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भण्डारीको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्व भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

स्व भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । भण्डारीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।