थ्री नेसन्स कपको उपाधि नेपाललाई
काठमाडौं । नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ ।
नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेको छ ।
नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक-एक गोल गरे । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।


