सुरक्षित ग,र्भपतनसम्बन्धी तालिम

डोटी,जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ । जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ)ले उक्त तालिमको आयोजना गरेको हो ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक’ अधिकार हो भन्ने मूलमन्त्रका साथ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवासम्बन्धी शिक्षकलाई तीनदिने तालिम शुरु गरिएको सो संस्थाका अध्यक्ष खड्कराज शर्माले जानकारी दिनुभयो ।

उमेर नपुग्दै विवाह गर्ने चलनका कारण यहाँका किशोरीले सानैमा बच्चा जन्माउने तथा अकालमै ज्यान गुमाउनु परेको जटिल समस्या रहँदै आएको सिडिएफका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन अझै कायमै छ, जसले गर्दा यहाँका किशोरीको अकालैमा ज्यान जाने गरेको छ ।”

किशोरकिशोरीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले बालविवाह गर्नाले पर्ने विभिन्न प्रकारका नकारात्मक असरका बारेमा सचेतीकरणका लागि सहज हुने लक्ष्य लिइएको छ । सानै उमेरमा नै गर्भवती हुनुपर्ने र यसबाट विभिन्न जटिलता भोग्नुपर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासका अवसर गुम्नेलगायत समस्या हुने गरेको परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले जानकारी दिनुभयो ।

सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो नहुने उहाँको भनाइ छ । दम्पतीले आफूलाई उपयुक्त हुने परिवार नियोजनका उपाय अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।