दोश्रो धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगिता आज देखि सुरु
चैत २२,धनकुटा । १२ औ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्र्तगत दोश्रो धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगिता आज देखी धनकुटामा शूरु भएको छ ।

धनकुटा नगरपालिकाको सहयोग र गोकुडेश्वर मा वि सिरान बजारको आयोजनामा तल्लो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले गर्नु भएको हो ।
भोलि सम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत आज १ सय, २ सय, ४ सय, ८ सय र १५ सय मिटरको दौड सकिएको भलिवल संघ प्रदेश १ का अध्यक्ष तथा दोश्रो धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगिताका निर्णायक चिफ विनय राईले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्र्तगत कक्षा १२ सम्मका १८ वर्ष उमेर ननाघेका छात्रछात्राहरु वीच भलिवल,कर्वडी,ट्रिपलजम्प,लङजम्प,सटफुट लगायतका खेलहरु भईरहेको उहाँले वताउनुभयो ।
आज पहिलो दिन सकिएका विभिन्न विधाका खेलहरु जित्दै तल्लो गोकुण्डेश्वर माविले ७ वटा र हिले माविले ३ वटा गोल्ड मेडल प्राप्त गरेको उहाँले वताउनुभयो । प्रतियोगितामा ८ वटा विद्यालयले सहभागिता जनाएका छन् ।


