प्रदेश प्रहरी कार्यालय स¥यो

डोटी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।” वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन् ।

नेपाली सेनाको पृतना मुख्यालय यस अघि नै कैलालीको तेघरीमा सरिसकेको छ । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरुले आश्वासन दिँदै आएका थिए ।

संघीयता कायम हुनु पहिले दिपायलमा रहेका क्षेत्रिय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनमा प्रदेश स्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म कुनै कार्यालय स्थापना भएका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।