प्रथम ढुंगे कप फुटवल प्रतियोगिता शूरु

चैत २५,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ८ ढुङ्गेमा आजदेखी प्रथम ढुंगे कप फुटवल प्रतियोगिता शूरु भएको छ । ढुङ्गे क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको ८ नं वडाध्यक्ष विनय राईले उद्घाटन गर्नुभएको हो ।

खालिङ फुटवल क्लव धरान १३ र तमोर युवा क्लव वीच आज भएको उद्घाटन खेलमा ट्राईव्रेकरमा ३-४ गोल अन्तरले तमोर युवा क्लव क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

त्यस्तै सुआहारा र धरान २० वीचको दोश्रो खेलमा २-४ गोल अन्तरले सुआहारा विजयी भएको छ र वाल खेल मैदान सागुरीगढी ८ र आहाले युवा क्लव वीचको तेश्रो खेलमा १-२ गोल अन्तरले वाल खेल मैदान सागुरीगढी ८ विजयी भएको छ ।

१८ टिमले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम समूहले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने समूहले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट डिफेण्डेर, हाईस्कोर,उत्कृष्ट स्टाईकर,उत्कृष्ट गोल किपर,उत्कृष्ट खेलाडीहरुलाई नगद २,२ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रायोजक जनता समाजवादी पार्टी सागुरी गढी गाउँपालिका र सहयोगि सागुरीगढी गाउँपालिका ४ र ८ रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।