कोरोना संक्रमण देखिएका विद्यालयहरु एकसाता बन्द गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्देशन दिएको छ । साथै शिक्षा अधिकारी रामप्रसाद सुवेदीको हस्ताक्षरसहित जारी निर्देशनमा अन्य विद्यालयको हकमा पठनपाठन पूर्ववत् जारी रहने उल्लेख गरिएको छ ।

‘बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन विभागको बिहीबार बसेको बैठकले निर्णय गरेको छ,’ अधिकारी सुवेदीले भने, ‘कोरोना संक्रमण नभएका विद्यालयमा भने सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्रोसँग हात धुने÷सेनिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने छ ।’ उनले थपे, ‘स्वास्थ्य मन्त्रालयले उच्च जोखिम जिल्लाको रूपमा काठमाडौंलाई राखेको छ । त्यही भएर विद्यालयले अभिभावकको सहमतिमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने विभागको निर्देशन छ ।’

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि बालबालिकाको स्वास्थ्य सुरक्षालाई पर्ने नकारात्मक असरप्रति चिन्ता र चासो व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषका विद्यालय स्थानीय तहको निर्णयअनुसार बन्द वा खोल्नुपर्ने निर्देशनसमेत दिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उच्च जोखिममा रहेका जिल्लाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयअनुसार त्यस्ता विद्यालय बन्द वा खोल्नुपर्ने उल्लेख छ ।

‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएअनुसार सञ्चालन गर्न मन्त्रालयले अधिकार दिएको छ,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘बन्द गरिएका विद्यालय पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गनुपर्ने छ ।’ उनले थपे, ‘यसका साथै विद्यालय बन्द वा आंशिक रुपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने निर्देशन मन्त्रालयले शुक्रबार जारी गरेको छ ।’ नागरिक दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।