वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए।

‘कोरोना संक्रमणको जोखिम बढेकाले वैशाख मसान्त्रभित्र परीक्षा सक्नेगरी विद्यालयले आफूअनुकूल तयारी गर्न सक्नेछन,’ आचार्यले भने, ‘स्वास्थ्यमा मापदण्ड पालना गरेर सुरक्षित तरिकाले सिफ्ट मिलाएर परीक्षा लिन सकिन्छ। कुन समयमा र सिफ्टमा परीक्षा लिने भन्नेबारेमा विद्यालयले निर्णय लिन सक्छन।’

कक्षा ८ को नगरस्तरीय परीक्षा भने पुरानै तालिकाअनुसार जेठ ३ गतेपछि हुने उनले बताए। ‘जेठ ३ गतेदेखि हुनेगरी तालिका प्रकाशित भएको कक्षा ८ को नगरस्तरीय परीक्षामा अहिलेसम्म फेरबदल भएको छैन । तर पछि गएर अवस्था हेरेर तलमाथि हुनसक्छ,’ आचार्यले भने, ‘जेठ ३ गतेसम्मको अवस्थाले त्यो परीक्षाबारे निर्णय गर्नेछ।’ त्यस्तै १० कक्षाको माध्यमिक शिक्षा परीक्षाको निर्णय भने केन्द्रीय निर्णय अनुसार नै हुने उनले बताए। ११ र १२ कक्षाको परीक्षा र पठनपाठनबारे पनि कुनै निर्णय नभएको र परीक्षा तालिका पनि केन्द्रले तोकेअनुसार नै हुने उनले जानकारी दिए।

७ कक्षाभन्दा तल र ९ कक्षाका विद्यार्थीको परीक्षाबारे मात्र महानगरले अहिले निर्णय गरेको उनले बताए। विद्यालयतहमा अध्ययनरत बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै वैशाख मसान्तसम्म भर्चुअल कक्षा लिनेगरी निर्णय गर्न शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सरकारले यसअघि नै कोरोनो अतिप्रभावित जिल्लामा काठमाडौं, कास्की, रुपन्देहीलगायतलाई राखिसकेको छ। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।