धनकुटाका थप ६० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५ सयको हाराहारी

धनकुटा,जेठ १० । धनकुटाका थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाले आज विहान दिएको जानकारी अनुसार हिजो गरिएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार धनकुटा नगरपालिकाका १५ जना, महालक्ष्मी नगरपालिकाका १६ जना र शहिदभूमी गाउँपालिकाका २९ जना सहित जम्मा ६० जना संक्रमित थपिएका हुन् ।

दिनप्रतिदिन कोरोना संक्रमण समुदाय स्तरमा फैलिरहेको र संक्रमणदर वढिरहेको कार्यलयले जनाएको छ । पछिल्लो पटक जिल्लामा ६० जना संक्रमित थपिदा मात्र १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्य ५०० जनाको हाराहारीमा पुगिसकेको उहाँले वताउनुभयो । त्यसैले स्थिति कावु वाहिर जान सक्ने सम्भावना वढेको जनाईएको छ । हिजो र आज गरि जिल्लाका ३ जनाको निधन समेत भएको छ ।

सक्रिय संक्रमित धेरै होम आईसोलेसनमा रहेकाले स्वास्थ्य स्थितिको वारेमा धेरै जानकारी लिन समेत समस्या भएकोले यस विषयमा पालिका स्तरका सिआईसिटि टिम अलि वढी सक्रिय हुन जरुरी रहेको कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।