मोरङमा अनौठो घटना : मृत ठानेर अन्त्येष्टि गरिएका व्यक्ति भारतको आसामबाट फर्किए, परिवारले पुनः धार्मिक विधि पूरा गरेर घर भित्र्यायो

तेजन खड्का/ मोरङ, ११ कात्तिक। मृत्यु भएको ठानेर काजकिरिया गरिसकेका मोरङको लेटाङका एक व्यक्ति करिब ६ महिनापछि जिउँदै घर फर्किएका छन्। मृतक ठानेर अन्त्येष्टिसमेत गरिसकिएका व्यक्ति अचानक घर आइपुगेपछि परिवार, आफन्त र छिमेकी आश्चर्यचकित भएका छन्।

प्राप्त विवरणअनुसार करिब ३७ वर्षीय ती व्यक्ति गत माघदेखि सम्पर्कविहीन थिए। सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले गत जेठमा उनको काजकिरिया गरेको थियो। दुर्घटनापछि शव घर ल्याएर चिसाङ खोलामा दाहसंस्कारसमेत गरिएको थियो।

परिवारका अनुसार, शवको अनुहार र शारीरिक बनावट मिल्दोजुल्दो देखिएपछि आफूहरूले त्यसलाई आफन्तकै शव ठानेका थिए। त्यसपछि सामाजिक तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो। तर, करिब ६ महिनापछि ती व्यक्ति नै जिउँदै घर फर्किएपछि परिवारमा अनौठो परिस्थिति सिर्जना भएको छ।

घर फर्किएपछि परिवारले धार्मिक परम्परा र चलनअनुसार सोमबार राति जन्म, न्वारान तथा व्रतबन्धसम्बन्धी कर्म पूरा गरेर उनलाई घरभित्र्याएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार, घर छाडेपछि ती व्यक्ति भारतको आसाम क्षेत्रमा बस्दै आएका थिए। उनी हालै त्यहीँबाट फर्किएको बताइएको छ।

परिवारको आग्रहमा तत्कालका लागि उनको परिचय गोप्य राखिएको छ। घटनाबारे विस्तृत विवरण सार्वजनिक नभएकाले दुर्घटनामा मृत्यु भएको भनिएको व्यक्तिको शव कसको थियो भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖