चर्चित गायिका एलिना चौहानको रोमान्टिक गीत ‘क्या हिरो भएछ’ सार्वजनिक (भिडियो सहित)

शर्मिला राई, धनकुटा । एलिना चौहानको रोमान्टिक गीत “क्या हिरो भएछ” सार्वजनिक गरिएको छ । भर्खरै मनोरञ्जनको दुनियामा प्रवेश गरेका गीतकार एवं निर्देशक विष्णु विक्रम निरौला आफ्नो चौथो गीत “क्या हिरो भएछ” बोलको गीत मेमोरी कार्डमै रहेको र मेमोरी कार्ड खराब भएकाले उक्त गीतको लिरिक भर्सनमा धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको “चट्ट कपाल कोरेर” त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको “माया पलायो” त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा “गाजल लिपिक्कै” वोलको गीतहरु सार्वजनिक गरे लगत्तै चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको “क्या हिरो भएछ” सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले बताए ।

यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज, मिक्स रहेको र अलड़कार स्टुडियोमा रेकर्ड गरिएको हो भने रेकर्डिङको काम रञ्जन राईले गरेको पनि राईले बताए ।

“क्या हिरो भएछ” गीतमा २ बाल कलाकार विश्वास बस्नेत र सनुजा राई लगायत अन्य कलाकारमा कोरोयोग्राफर समात रहेका कलाकार सुमन योगी, मोडल सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेल, करुणा लिम्वु, सुजन राईको अभिनय रहेको थियो भने प्रनेश राई (यात्री ब्रोज) ले नृत्यलाई क्यामेरामा कैद गरेका थिए । विष्णु विक्रम निरौलाको निर्देशन रहेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका थिए । तर मेमोरी कार्ड खरावीका कारण उक्त भिडियो तत्काल सार्वजनिक गर्न नसकिएको निर्देशक निरौलाले बताए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं: १. NTC (Crbt) Code – 0831925, 0831926, 0831924 । २. Ncell (Prbt)- 4781, 4783, 4785 । ३. Smart Tel – 10121005, 10121006, 10121007 ।

मेमोरी कार्ड रिकभरको लागि प्रयास जारी रहेको भविश्यमा उक्त मेमोरी कार्ड रिकभर भएमा यस गीतको भिडियो पनि सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर राईले बताए । अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।