धनकुटाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि
असार १८,धनकुटा । आज धनकुटाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ जनामा संक्रमण पुष्टि हुँदा २ जना संक्रमण मुक्त भएका छन् । आाज सम्म जिल्लामा संक्रमण मुक्त हुनेको संख्या १४ सय ६५ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २५८ रहेको मध्ये २३४ होम आईशोलेसनमा,१५ संस्थागत आईशोलेसनमा र ९ जना अस्पतामा उपचाररत रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यो पनि :
धनकुटा । धनकुटाको सहिदभुमि गााउँपालिकाको वडा नं ६ का गरिब तथा अति विपन्न ४३ घरपरिवारले सूरक्षित आवास कार्यक्रम अन्र्तगत जस्तापाताले घरमा छाना लगाएकाछन् ।
सहिदभुमि गााउपालिकाको अध्यक्ष संग विपन्न कार्यक्रम ,नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम र वडा सदस्य संग विपन्न कार्यक्रम मार्फत वडा नं ६ का ४३ घरपरिवार लाई आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेट मार्फत प्रतिव्यक्ति ५० हजारका दरले २१ लाख बराबरको जस्तापाता खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष हेम कुमार राईले जानकारी दिनुभयो ।
वडा र गाँउपालिकाले गरिबको रेखामुनी रहेका पराल तथा खरको छाना भएका र विभिन्न प्रकोपका कारण घरवार विहिन भएका परिवार छनौट गरी त्यस्ता परिवार लाई सुरक्षित आवासको व्यवस्था र जस्तापाता वितरण गर्दै आईरहेको वडा कार्यलयले जनाएको छ ।


